विद्यार्थीहरुलाई पढन देउ भन्दा शिक्षकमाथि कुटपिट
लुम्बिनी टाइम्स | मंगलबार, १ भदौ ।
नवलपरासी । विद्यार्थीहरुलाई विद्यालय बन्द खुलाउनु पर्ने माग गर्दै र्यालीमा सहभागी गराएको भन्दै थारु कल्याणकारिणी सभा नवलपरासीका कार्यकर्ताहरुले थारु समुदायका शिक्षकलाई कुटपिट गरेका छन् ।
त्रिभुवन बाल उच्च मावि ढोकीका शिक्षक नन्दलाल महतोलाई सल्लाहा गर्नु छ भनि आन्दोलनकारीहरुले डण्डाको थारु संग्राहलयमा बोलाइ कुटपिट गरेको पीडित शिक्षक महतोले बताए । उनको आंखा र टाउकोमा चोट लागेका छन् ।
शिक्षक महतोले आफू असुरक्षित रहेको भन्दै आफ्नो जिउधनको सुरक्षाको माग गरेका छन् । यसैबीच नेकपा एमाले नवलपरासी क्षेत्र नं. २ का अध्यक्ष सूर्य पाण्डेले एक विज्ञप्ति जारी गर्दै घटनाको निन्दा गरेको छ । एमालेका कार्यकर्ता समेत रहेको महतो माथि भएको आक्रमणको निन्दा गर्दै दोषीलाई कारवाहीको माग समेत गरिएको छ ।
