अटेर बन्दै प्रर्दशनकारी, निषेधाज्ञा तोड्न खोज्दा नवलपरासीमा गोली चल्यो


नवलपरासी, भदौ ९ । नवलपरासीमा अटेर बन्दै प्रर्दशनकारी, निषेधाज्ञा तोड्न खोज्दा नवलपरासीमा गोली चल्यो आन्दोलनकारीले बल प्रयोग गर्दै निषेधाज्ञा तोड्न खोजेपछि गोली चलेको छ । प्रर्दशनकारीले निषेधाज्ञा तोडेर अगाडी बढ्न खोजेपछी प्रहरीले गोली चलाएको छ ।
त्यसको लगत्तै झडप भएको स्थानिय संचारकर्मी कमल सापकोटाले जानकारी दिए । सापकोटाका अनुसार अश्रुग्यास, हवाइफायर गर्दा पनि आन्दोलनकारी टसमस नभएपछि नभएपनि गोली चलाउनु परेको हो । गोली प्रहारबाट कसैलाई केही भने नभएको प्रहरीको भनाइ छ ।