कोरियन भाषा परीक्षा आवेदन
खुल्यो
काठमाडौं– रोजगारीका लागि कोरिया जाने नेपालीलाई
भाषा परीक्षा आवेदन खुला भएको छ । आगामी भदौ ७ देखि
भदौ १८ गतेसम्म खुला गरिएको छ ।
भाषा
परीक्षाका लागि बिहान ९ बजेदेखि साझ ४ वजेसम्म खुला
गरिने बताइएको छ ।साउन ३० गते विश्व भाषा क्याम्पस
परिसरभित्र परामर्श समेत प्रदान गरिने बताइएको छ ।
आवेदन कर्ताले एक हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ । कात्तिक २९ गते
विश्व भाषा क्याम्पसमा परीक्षा हुने जनाइएको छ ।
परीक्षाको नतिजा पुस १५ गते सार्वजनिक गर्ने जनाइएको छ ।
