दुब्लोलाई मोटो बनाउने यि ५ घरेलु उपाय


मोटोपनले गाँजेर जति मान्छेमा चिन्ता छ ।
त्यत्तिकै पीर दुब्लोलाई पनि छ । दुब्लो भएर
‘ह्यान्डसम’ नदेखिएको भन्दै जीवनदेखि निराश हुनेहरु
पनि छन् । मोटाउनकै लागि सप्लिमेन्ट्सको प्रयोग
गर्ने पनि छन् । तर, त्यसको सट्टा केही घरेलु उपाय
अपनाउने हो भने ज्यान सुन्दर बन्न सक्छ ।
केराः ज्यानमा मासु लगाउने सबैभन्दा
प्रभावकारी तरिका हो यो । प्रत्येक दिन तीनपल्ट
केही मात्रा केरा दुध र दहीसँग मिसाएर खायो भने
राम्रो हुन्छ । एक महिना नबिराइ खाने हो भने
शरीरमा परिणाम देखिहाल्छ ।
तातो दुधमा महः सुत्नुअघि एक गिलास तातो
दुधसँगै एक चम्चा मह खानुपर्छ । महले पाचन प्रक्रिया
राम्रो गर्छ भने दुध पौष्टिक आहार अन्तर्गत नै पर्छ ।
खरबुजाः धेरै दुब्लो पातलो मान्छेलाई डाक्टरले
खरबुजा खान सिफारिस गर्छन् । यो नियमित सेवन
गर्दा दु्रत गतिमा मोटाउन सकिने हुन्छ र यसले
डिहाइड्रेसनबाट समेत बचाउँछ । बदामसँग
दुधः बडि बिल्डर्स र पहलवानहरु बदाम र खजुरका
साथ दुध खान्छन् । कार्बाेहाइड्रेडयुक्त खानाः
भोजनमा अधिक कार्बाेहाइड्रेड भएका खानेकुरामा
जोड दिनुपर्छ ।
पनिरः फुल क्रिमबाट बनेको पनिर धेरै राम्रो
प्रोटिनको स्रोत हो । जो ननभेज छ, उसका लागि
यो असाध्यै राम्रो हुनसक्छ । यसले शरीरमा
क्यालोरीको कमी समेत हटाउछ