एकाबिहानै काठमाडौं लाई केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का !

आजको पोस्ट   August 13, 2015 || 2072 श्रावण 28 बिहिबार , at 6:47 AM
काठमाडौं, साउन २८ । बिहिबार पनि बिहानै काठमाडौं केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ । काठमाडौंको रामकोट आसपास क्षेत्रलाई केन्द्रबिन्दु बनाएर बिहान १ बजेर ४९ मिनेट जादाँ ४ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ । भूकम्प गएपछि राती थुप्रै मानिसहरु सडकमा आएका थिए । गत बैशाख १२ गते गएको विनाशकारी भुकम्प पछि आझै पनि भुकम्प आउँ रोकिएको छैन ।