काठमाडौँ, भदौ ९ । संविधान जारी गर्ने दिन नजिकिएका बेला एमालेले आफ्ना पार्टीका सभासद्लाई ह्विपको साटो आदेश जारी गरेको छ।पार्टीको मंगलबार बसेको संसदीय दलको बैठकमा संसदीय दलका नेता एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीले यस्तो आदेश जारी गरेका हुन्।ओलीले संविधान सभामा ह्विप नलाग्ने भएकाले यस्तो आदेश गरेको बताए।
उनले संविधानको विधेयकमा संशोधन प्रस्ताव राख्दा वा बोल्दा प्रमुख सचेतकको निर्देशनअनुसार गर्नसमेत सबै सभासद्लाई निर्देशन दिएका छन् । ‘संविधानसभामा ह्विप लाग्दैन। तर तपाईंहरू पार्टीको कार्यकर्ता र सभासद् हो, त्यसैले म आदेश दिन्छु- संशोधन राख्न र बोल्ने कुरा प्रमुख सचेतकको निर्देशनबमोजिम गर्नुहोस्’, ओलीले भने।
उनले भने, ‘तपाईंहरू पार्टीको इमानदार सिपाही हो। त्यसैले कमान्डरको आदेश मान्नुहुन्छ। कमान्डरले आदेश दिँदा सिपाहीले छलफल गरौं भन्दैन, सीधै पालना गर्छ।’चार दलको बैठकमा समेत अन्य पार्टीका नेताहरूले एमालेका सभासद्को अनुशासन र एकताको प्रशंसा गरेको भन्दै ओलीले सभासद्लाई धन्यवाद दिएका थिए।
अब धेरै संशोधन नराख्न र संविधानसभामा नबोल्नसमेत उनले सभासद्लाई निर्देशन दिए। ‘पहिलो संविधानसभामा धरै बोल्दाबोल्दै विघटन भएको खबर अन्नपूर्ण पोष्टले छापेको छ । माघमै संविधान जारी भएको भए भदौमा बोल्न पाउँदैनथ्यौँ, त्यसैले अब धेरै बोलेर काम छैन’, ओलीले भने।
