जनजाती नेता आङकाजी शेर्पा प्रक्राउ
काठमाडौँ, भदौ १६ । सामाजिक संजालमा हिंसा बढ्काउने खालका अभिव्यक्ति दिएको भन्दै संघीय समाजवादी फोरमका नेता आङकाजी शेर्पालाई महानगरिय प्रहरी अपराध महाशाखाले नियन्त्रणमा लिएको छ ।
शेर्पालाई साइबर क्राइम अन्तर्गत अनुसन्धानका लागी राजधानीको बौद्धबाट नियन्त्रणमा लिएको अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए ।
शेर्पाले पछिल्लो समय सामाजिक संजाल मार्फत दिँदै आएको अभिव्यक्तिका कारण उनी फेरी विबादमा तानीएका छन् । शेर्पाको विषयमा थप अनुसन्धान थालीएको प्रहरीले जनाएको छ । तस्विर: शेर्पाको फेसबुकबाट
