कांग्रेसको चेतावनीपछि अमरेशकुमार पनि संविधानसभामा फर्किए

कांग्रेसको चेतावनीपछि अमरेशकुमार पनि संविधानसभामा फर्किए
असन्तुष्ट पाँचै सभासदले संविधानसभामा मतदान गरे
दैनिक नेपाल २०७२ भदौ २८ गते १८:०२
काठमाडौं, २८ भदौ । आइतबारको मतदान प्रक्रिया बहिष्कार गरेका सत्तारुढ नेपाली कांग्रेसका पाँच वटै सभासद संविधानसभामा फर्किएका छन् ।
कांग्रेसले पार्टीको निर्देशन विपरित गए कडा कारवाही गर्ने चेतावनी दिएपछि असन्तुष्ट पाँचै सभासदले सोमबार संविधानसभा फर्किएर मतदान प्रक्रियामा भाग लिएका छन् । कांग्रेस प्रमुख सचेतक चीनकाजी श्रेष्ठले असन्तुष्ट पाँचै सभासद संविधानसभामा फर्किएको जानकारी दिनुभयो ।
यसअघि मधेस आन्दोलनका माग सम्बोधन नगरिएको भन्दै मधेसबाट निर्वाचित कांग्रेसका सभासद अमरेशकुमार सिंह, राम अयोध्या यादव, दिनेश यादव, तेजुलाल चौधरी र सुरेन्द्र चौधरीले आइतबारको मतदान प्रक्रिया बहिष्कार गरेका थिए ।
पार्टीको चेतावनीपछि सोमबार साँझ सोमबार साँझ सुरेन्द्र चौधरी र अमरेशकुमार सिंह संविधानसभामा फर्किए । राम अयोध्या यादव, तेजुलाल चौधरी र दिनेश प्रसौला यसअघि नै फर्किएका थिए