स्कुल बस लाइ नि छोडेनन नवलपरासीमा आन्दोलनकारीले स्कुल बस जलाए


रामकुमार श्रेष्ठ | सोमबार, २८ भदौ ।
नवलपरासी ।नवलपरासीको परासीमा गएराति आन्दोलनकारीले एउटा विद्यालय बसमा आगजनी गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार गएराति एक बजेतिरको समयमा परासीको लिटल एन्जल्स उच्च माविको लु १ क ९५६ नम्बरको बसमा आगजनी गरेको हो ।
आगजनीबाट बस पूर्ण रुपमा क्षति भएको छ । बेलासपुरमा बन्दका कारण एक महिनादेखि रोकिराखेको बस विद्यालय खुल्न थालेसंगै आन्दोलनकारीहरुसंगै अनुमति लिएर ल्याएपनि अर्को समूहले बाटोमा जलाइदिएको विद्यालयका प्रिन्सिपल सुमन गोपाल आचार्यले बताए । बेलासपुरबाट लिएर आएको बसलाई दुई जनाको समूहमा आएका आन्दोलनकारीले रामग्राम नगरपालिका ४ मा जलाइदिएका हुन् ।
बस जलेर पूर्णक्षति भए पनि मानवीय क्षति भने नभएको जनाएको छ । आन्दोलनकारीले परासी क्षेत्रमा विहान विद्यालय खोल्न र सांझ बजार खोल्न सहमत भएका थिए । आजदेखि आन्दोलनकारीहरुले पुन विद्यालय बन्द गराउंदै हिडेका कारण आजदेखि पुन विद्यालय बन्द भएको प्याब्सनका पूर्व केन्द्रिय उपाध्यक्ष एवम् प्याब्सन नवलपरासीका सल्लाहाकार सुमन गोपाल आचार्यले बताए ।