भारतको सहयाेगमा मधेश आन्दोलन : नेता राई

भारतको सहयाेगमा मधेश आन्दोलन : नेता राई
इलाम, १० असोज । तराइमा जारी मधेस आन्दोलनलाई भारतको साथ सहयोग मिलेको बताएका छन ।सङ्घीय प्रेस फोरम इलामले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा नेता राइले यस्तो बताएका हुन । नेपाल सरकारसंग बार्ताको कुरा नमिलेपछि अधिकार प्राप्तीका लागि थालीउको आफुहरुको आन्दोलनलाई भारतीय पक्षबाट सहयोग मिलेको बताएका हुन ।
पत्रकार सम्मेलनमा नेता राईले विगतमा सरकारसँग भएका सम्झौता कार्यान्वयन हुनुपर्ने, मधेस आन्दोलनमा मृत्यु भएकालाई उचित क्षतिपूर्ति दिइनुपर्ने, घाइतेको निःशुल्क उपचार गर्नुपर्ने, मृतकलाई सहिद घोषणा गर्नुपर्ने र दङ्गाग्रस्त क्षेत्रबाट सेनालाई फिर्ता बोलाउन सम्बोधन गरेमा पूरै समस्या समाधान हुने उल्लेख गर्नु भयो ।
उहाँले अन्तरिम संविधानको मर्म र भावना विपरित जारी भएको संविधानले निकास दिन नसक्ने बताउनुभयो ।
भारतीय पक्षलाई नाकाबन्दी गर्न तपाईहरूको दलले उक्साएको हो नि भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले आफूहरूले आन्दोलनको स्वरूप परिवर्तन गरेर सीमा नाकामा पलेंटी मारेर नाकाबन्दी गरेको बताउँदै भारतबाट आफूहरूलाई सहयोग भईरहेको र त्यसको स्वागत गर्छाैं, भन्नुभयो ।
रासस