प्रेमीको लागि पहिलो पटक ब्रत बसेँ
अघिल्लो पटकसम्म पनि मानिसहरु तीजको ब्रत किन बस्छनहोला जस्तो लाग्थ्यो । तर आफूलाई परेपछि त्यसको महत्तो निकै हुँदोरहेछ । त्यो अनुभूति मैले यसपटक गरेँ । उही मेरो हुनेवालाको लागि यसपाली पहिलो पटक तीजको ब्रत बसेँ । कहिल्यै ब्रत नबसेको मान्छे पानी समेत नखाई बस्दा पनि मलाई अप्ठ्यारो महसुस भएन ।
अविवाहितका लागि सुयोग्य र आदर्श पति पाइन्छ भन्ने विश्वास छ । अनि विवाहितहरु पतिलाई केही नहोस भनेर ब्रत बस्छन । म एउटा नारी हुँ । त्यसैले मैले मेरो हुनेवालाका लागि ब्रत बसेँ । आफूले माया गरेको मान्छेलाई केही नहोस भन्ने प्रार्थना गरेँ । आफूले माया गरेको मानिस आफू भन्दा पनि खुशी होस । सवै कुरा गुमाएर पनि खुशी हुन सक्नुपर्ने रहेछ । त्यसैले आफ्नो प्रेमीको लागि भोकै बसेँ । वर्षमा एक दिन ब्रत बस्दा आफ्नो स्वास्थ्यका लागि पनि राम्रो हुने र प्रेमीको लागि पनि हुने भएकाले आफू निकै खुशी छु ।
देशमा भूकम्पले दिएको पीडा फेरि भोग्नु नपरोस, संविधान छिट्टै बनोस भन्ने कामना पनि गरेँ । ब्रत नसकिँदै संविधान त पारितभयो । अव अरु कामना पनि पुरा हुने विश्वास छ ।
Share this:
