अब आन्दोलनको आवश्यकता छैन : ओली


काठमाडौं–नेकपा एमालेका अध्यक्ष केपी ओलीले
अहिले आन्दोलनको कुनै आवश्यकता नरहेको भन्दै आफ्नो माग पुरा गराउन
संधिवानसभा छलफल गनुपर्नेमा जोड दिएका छन ।
आइतबार संविधानसभा बैठकलाई सम्बोधन गर्दै अध्यक्ष
ओलीले आन्दोलनको नाममा देशमा साम्प्रदायिक सद्भाव
भड्काउने, प्रहरीलाई जलाउनेजस्ता कामले द्वन्द्व र
भीडन्त मात्र उत्पन्न भएकाले आन्दोलनको आवश्यकता
नरहेको बताए। हिंसा भड्काउने घटना कुनै पनि पक्षबाट हुन नहुने उनले
बताए । ‘आउन वार्तामा बसौं, केही नमिलेका कुरा छलफलबाटै
निकालौं’, ओलीले भने ।
उनले जनतले अधिकार पाएको प्रत्याभूति संविधानमा गर्ने बताए। उनले सबै
कुरा तत्काल संविधानमा उल्लेख गर्न नसकिने भन्दै हिंसाको भरमा आफ्ना माग
सम्बोधन गर्न लगाउने काम गलत भएको बताए।
ओलीले धेरै माग राख्दा पहिलो संविधानसभा असफल भएको भन्दै
दोस्रो संधिवानसभामा सबैले अपनत्व गर्दै संधिवान जारी गर्न
आग्रह गरे। ‘म संविधानसभा बाहिर रहेका सभासदज्यूलाई आग्रह गर्न
चाहन्छु धेरै भावनामा नबग्नुस’,उनले भने,’हाम्रो कसैप्रति आग्रह पूर्वाग्रह
छैन । तपाइहरुको जायज मागलाई सम्बोधन गर्न हामी तयार छौं
।’
तर त्यसका लागि प्रक्रिया रोक्नु नपर्ने उनको भनाइ थियो। लोकतन्त्रमा
सहमति भएपनि त्यसलाई लोकतान्त्रिक तरिकाले नै आफ्नो राख्नुपर्ने बताए।
आफ्ना अभिमत दर्ज गर्दै संधिवान जारी गर्न
ओलीले आग्रह गरे।