मधेसीको पक्षमा वकालत गर्दै भारतको यस्तो दबाब
काठमाडौँ १९ असोज ।भारतले नेपालका मधेसी, थारु समुदायको मागअनुसार संशोधन प्रक्रियामा रहेका दुई बुदाँलाई फास्ट ट्रयाकबाट तत्काल सम्बोधन गर्दै संविधानमा उल्लेख गर्नुपर्ने भन्दै यो सहमतिलाई कोइराला सरकार नफेरिदैँ यसै साताभित्र कार्यान्वयन गराउन थप दबाब दिएको छ । कान्तिपुर दैनिकमा समाचार छ ।
अघोषित रुपमा दुई सातादेखि नेपालमाथि लगाइएको नाकाबन्दी खुला गर्न दुई दिनअघि विदेश मन्त्रालयले मातहतका निकायमा निर्देश गरेको भएपनि अझै सहज ढुवानी हुन नसकेकोबारे छलफल गर्न राजदूत दीपकुमार उपाध्यायसहितका ५ कूटनीतिक अधिकारी सोमबार विदेश मन्त्रालय पुगेका थिए ।
विज्ञहरुले भने यो स्थिति आफ्ना सर्तहरु पालना गराउन बाध्यकारी बनाइएको सतर्क हस्तक्षेप भन्छन् । छलफलमा भारतीय पक्षले आपुर्ति प्रक्रियामा सहजीकरणको प्रयास भइरहेको बताउँदै सबै नाकाको अवस्था बताएको दूतावास स्रोतले बतायो ।
