राजेन्द्र महतोलाई दिल्ली लैजाने तयारी
काठमाडौं– पाँच दिनअघि विराटनगरस्थित जोगबनी नाकामा जबरजस्ती धर्नामा बस्न खोज्दा प्रहरीसँगको झडपमा घाइते भएका सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोको स्वास्थ्यमा सुधार आउन नसकेको दाबी गर्दै पार्टी र परिवार स्रोतले उनलाई थप उपचारको लागि दिल्ली लैजाने तयारी गरेको छ ।
पार्टीका केन्द्रीय सदस्य उपेन्द्र महतोले महतोको सुगर र ब्लड प्रेसर उच्च रहेको भन्दै प्रहरीसँगको झडपका क्रममा लागेको चोटको हालसम्म कुनै उपचार हुन नसकेको बताए ।
‘५ दिनसम्म चिकित्सकहरुको उपचार सुगर र ब्लड प्रेसर नियन्त्रण गर्न मै केन्द्रित रहेको छ ।
- See more at: http://www.ratopati.com/news/22498/#sthash.9o3fUHzS.dpuf
