आफूलाई अविवाहित भन्दै च्याटमा भावनालाई फकाएर ‘फेक आइडी’ बाटै ३ लाख लुटे यि युवकले
पाँचथर ,पुस २७ । फेसबुक कति सुरक्षीत छ ? यो वहषको विषय बनेको छ । शहरमा बहस चलीरहँदा गाउँमा दिउसै युवतीलाई च्याटमा फकाएर लाखाँै लुट्ने लुटेरालाई प्रहरीले पक्राउ गरेको छ ।
फेसबुकमा नक्कली आइडी बनाई ३ लाख रुपैयााँ भन्दा बढी ठगी गरेको आरोपमा झापा खुदुनाबारी ७का २५ बर्षिय भविन सुवेदीले पाँचथरकी भावनाबाट विभिन्न बहानामा ३ लाख १ हजार ७ सय रुपैंया रकम असुल गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार ति युवकले भावनालाई आफू अविवाहित रहेको भन्दै प्रलोभनमा पार्दै आएका थिए । भावनालाई भेट्न पाँचथर आउँदा चितवनमा दुर्घटनमा परी अस्पताल भर्ना भएको भन्दै उनले पैसा असुलेका थिए। उनलाई झापा बिर्तामोडबाट पाँचथर प्रहरीले पक्राउ गरी सोमबार फिदिममा सार्वजनिक गरेको हो।
