नेपालमा मध्यरातमा फेरि भूकम्पको कडा धक्का

काठमाडौँ, १० फागुन । नेपालमा आइतबार मध्यराति फेरि भूकम्पको धक्का महसुस गरिएको छ ।

आइतबार राति ११ बजेर ५४ मिनेट जाँदा गोरखा जिल्लालाई केन्द्रबिन्दु बनाएर ५.५ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्पपछि गोरखा सदरमुकाममा सर्वसाधारणको भागदौड र रुवाबासी चलेको गोरखा पुगेकी दोलखाली पत्रकार मनुका कुँबरले जानकारी दिइन् ।

पश्चिम नेपालको लमजुङ, गोरखा, तनहुँ लगायतका जिल्लामा भूकम्पको कडा धक्का महसुस गरिएको सर्वसाधारणले जनाएका छन् । लमजुङ सदरमुकाम बेसीशहरमा ठूलो धक्काका कारण सर्वसाधारण सबै घरबाहिर निस्केका छन् ।

काठमाडौँ, काभ्रे लगायतका ठाउँमा पनि भूकम्पको धक्का महसुस गरिएको छ ।