ओली सरकारको पहिलो ठूलो घोषणा;पुरा गर्दै छ ओली आफ्नो बचन

ओली सरकारको पहिलो ठूलो घोषणा;पुरा गर्दै छ ओली आफ्नो बचन

सरकारले आगामी मंसिरमा स्थानीय निकायको निर्वाचन गर्ने घोषणा गरेको छ । सरकारका तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले वार्षिक नीति तथा कार्यक्रम सदनमा पेस गर्दै यस्तो घोषणा गरेकी हुन् । यस अघि हिँजो मात्र प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी कात्तिक, मङ्सिरभित्र स्थानीय निकायको निर्वाचन हुने बताएका थिए ।

सरकारले नीति तथा कार्यक्रम अन्तर्गत एक घर एक रोजगारिको नारा पनि अघि सारेको छ । संविधान जारी भएपछि राष्ट्रपतिबाट सदनमा नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको पहिलो पटक हो । राष्ट्रपतिबाट पेस हुने नीति तथा कार्यक्रममाथि संसद्मा दुई दिन छलफल हुनेछ । छलफलपछि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने कार्यतालिका संसद् सचिवालयले तयार पारिसकेको छ । संविधान कार्यान्वयन र शान्ति प्रक्रियाका बाँकी कामलाई निष्कर्षमा पुर्‍याउने विषयलाई पनि नीति तथा कार्यक्रममा जोड दिइएको छ । पुनःनिर्माण, पुनःस्थापना र पुनरोत्थानलाई पनि नीति तथा कार्यक्रमले प्राथमिकता दिएको छ ।