श्रीमती आफ्नै भाइसँग यौनसम्पर्क गर्दागर्दै भेटेपछि ... पोखरेल यसरी पोखिए !

भैरहवा । रुपन्देहीको दयानगर गाविस–५ चिल्हिया निवासी बलराम पोख्रेलले अनैतिक सम्बन्ध राखेको आरोपमा आफ्नै श्रीमती र भाईको हत्या गरेका छन् । सोमबार राती सवा नौ बजे ५८ बर्षिया पोख्रेलले आफ्नी श्रीमती बर्ष ४५ की कृष्णा पोख्रेल र सहोदर भाई बर्ष ४९ का चन्द्रकान्त पोख्रेलको हत्या गरेको इलाका प्रहरी कार्यालय दयानगरका प्रहरी निरीक्षक भोजराज पाण्डेयले बताए ।

हत्यामा सम्लग्न बलराम पोख्रेललाई प्रहरीले नियन्त्रणमा लिएको छ । पोख्रेलले श्रीमती र भाईलाई ईट््टा प्रहार गरी गंभिर घाते बनाएकोमा उपचारको क्रममा मेडीकल कलेज रानी गाउँ भैरहवामा श्रीमतीको राती साढे १० बजे र भाईको १२ बजे निधन भएको प्रहरीले जनाएको छ । घटनामा जोडिएका तीनै जनाले मादक पदार्थ सेवन गरेको खुलेको प्रहरीले जनाएको छ । उनीहरुको घरसँगै जोडिएको छ ।

दाजुको घरसंगै भाईको घर बन्ने क्रममा छ । मृतक भाई पाँच दिन पहिले घर आएको स्थानीयले बताए । उनी तामनगरमा रहेको साईकल पसलमा काम गर्दै आएका छन् । घटना बिवरण अनुसार हत्यामा सम्लग्न भनिएका बलराम सोमबार बिहान ७ बजे घरबाट कामका लागि बाहिर निस्किएका थिए । प्रायः ६ बजे घर पुग्ने बलराम सोमबार ७ बजेपछि मात्र घर पुगे ।

घर पुगेपछि उनले श्रीमतीलाई यताउति खोजे तर नभेटेपछि अली पर रहेको रक्सी पसलमा रक्सी खान पुगेको प्रहरी अनुसन्धानमा खुलेको प्रहरी निरीक्षक भोजराज पाण्डेयले बताए । राती नौ बजे मादक पदार्थ सेवन गरी घरमा आउँदा फेरी पनि श्रीमतीलाई नदेखे पनि उनी टिभी हेरेर केही समय बसे । त्यसपछि घर बाहिर निस्किएका उनी आफ्नौ घरसँगै जोडिएको भाईको घरभित्र केही आवाज आएको सुने ।

आवाज सुने लगतै उनले बाहिर झयालबाट आफ्नौ मोवाईको बत्ती बालेर कोठा भित्र हेरे । त्यहाँ उनले आफ्नी श्रीमती र भाईले शारीरिक सम्बन्ध राखेको देखे पछि रिसले चुर भई घर अगाडी रहेको ईट्टा उठाई भाईलाई ढोका खोल्न लगाए । दाजुको आवाज सुने लगतै भाई चन्द्र कान्तले तत्काल ढोका खोल्दै दाई गल्ती भयो भन्न के भ्याएका थिए दाजुले ईट्टा प्रहार गरे ।

घरको गल्लीमा गेटमै उभिएकै अवस्थामा गरिएको ईट्टा प्रहारबाट उनी भुईमा लडे त्यसपछि उनीले कति पटक टाउकोमा प्रहार गरे थाहै भएन उनले प्रहरी समक्ष बयान दिएका छन् । भाईलाई मरणसान्न् हुने गरी टाउकोमा प्रहार गरे पछि उनी कोठाभित्र रहेकी श्रीमतीसामु पुगे । बिस्तरामै रहेकी श्रीमती कृष्णालाई कपालमा समातेर घिसारदै कोठाबाट बाहिर गल्लीमा निकालेर भाईलाई कुटेकै स्थानमा ल्याई श्रीमतीलाई पनि टाउकोमै ईट्टा प्रहार गरे ।

दुबै जनालाई एकै स्थानमा छाडेर उनी साईकल चढेर ईलाका प्रहरी कार्यालय छपियामा पुगेका थिए । प्रहरी घटनास्थल पुग्दा मृतकको बिस्तरासंगै सोफी रक्सीको बोटल भेटिएको जनाएको छ । भाईलाई कुट्दा दाई गल्ती भयो भनेको भए पनि श्रीमतीले भने एक शब्द केही नबोलेको उनले प्रहरी समक्ष बयान दिएको प्रहरीले जनाएको छ । घटनास्थलमा दाजु भाईको जोडिएर बनेको घर छ ।

हत्यामा संम्लग्न बलरामको मृतक कान्छी श्रीमती हुन । उनको एक छोरा बैदशिक रोजगारमा छन् भने छोरीको विवाह भैसकेको छ । त्यसैगरी मृतक चन्द्र कान्तको श्रीमती बैदेशिक रोजगारीमा छन् भने २३ र १४ बर्षका दुई छोरीहरु रहेका छन् । संवाद मिडियामा खबर छ । 

(तस्बिर, गुगलबाट :  प्रतिकात्मक मात्र)