१३ बर्षीया छोरीलाई आफ्नै बुवाले गरे नियमित बलात्कार, के भन्छिन बालिका….

नवलपरासी, ७ असार ।खगराज सापकोटा ।
नवलपरासीमा  १३ बर्षीया छोरीलाई आफ्नै बुवाले करिब तीन महिनादेखि बलात्कार गरेको आरोपलागेको छ । मध्यविन्दु नगरपालिका स्थाई ठेगाना भएका  ति व्यक्ति  कुनै विद्यालयमा क्यान्टिल सञ्चालन गरी बस्दछन् । पीडितका अनुसार ति व्यक्तिले १३ बर्षीया कक्षा सातमा अध्ययनरत आफ्नी छोरीलाई नियमित जबरजस्ती करणी गर्ने गरेका हुन् । इलाका प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक राजेश थापाले जबर्जस्ती करणी सम्बन्धि उजुरी परेको र घटनाको अनुसन्धान भईरहेको  बताए । स्रोतका अनुसार पीडकले छोरीलाई नियमित नशालु पदार्थ सेवन गराउने र करणी गर्ने गरेका थिए। गएराति जबरजस्ती करणी गर्न खोजेपछि छोरीले नमानेको र छोरीलाई कुटपिट गरेका कारण छोरी राति साथीकोमा गएर बसेपछि घटना बाहिर आएको हो । साथीले राति किन आएको भन्दै सोधीखोजी गर्न थालेपछि ति बालिकाले साथीलाई घटनाको बारेमा कुरा खोलेको र  साथीले आज आफु पढ्ने विद्यालयमा शिक्षकहरुलाई जानकारी गराएपछि विद्यालयले प्रहरीलाई खबर गरेको हो । बालिकाले आफू करिब चार महिना अगाडि पहिलो पटक महिनावारी भएको त्यसपछि नभएको समेत बताएकी छिन् । आरोपित कि श्रीमतीले केही समय अगाडि श्रीमानलाई छाडेर पोखरा गएकी थिइन् ।