श्रीसूर्य उत्तरायण ग्रीष्म ऋतु,सौम्यनाम संवत्सर, शाके १९३८, विक्रसम्वत २०७३ साल आषाढ १० गते शुक्रबार नेपाल सम्बत ११३६ तछलागा,सन् २०१६ जून २४ तारिक कृष्णपक्ष चौथी तिथि अपरान्ह ३ वजेर ५६मिनेटसम्म, श्रवण नक्षत्र विहान ९ वजेर २४ मिनेटसम्म, वैधृतियोग विहान ६ वजेर ५ मिनेटसम्म, बालवकरण अपरान्ह ३ वजेर ५६ मिनेटसम्म,आनन्दादियोग धूम्र, सूर्य मिथुन राशीमा, चन्द्रमा राती ९ वजेर १४ मिनेटसम्म मकर उप्रान्त कुम्भ राशीमा ।
मेषः– सहज र सरल तरिकाबाट कार्य सम्पादन हुनेछन् । आफ्नो काममा आफै अग्रसर भएर लाग्नु होला । कार्य प्रगति राम्रो रहनेछ । काम गर्ने जोश जागर बढ्ने छ । व्यापारमा सुधार आउनेछ ।
वृषः– भ्रममा नपरि काम गर्नु होला । बाहिरी कामको अलमल बढि हुनेछ । धार्मिक विश्वास बढ्नेछ । यात्राको सम्भावनालाई नकार्न सकिन्न । व्यापार व्यवसाय मन्द गतिमा अगाडि बढ्नेछ ।
मिथुनः– मानसिक तनाव बढि हुनेछ । गरेका कामले पनि पूर्णता पाउने छैन । आफुले सोचेका कामले प्राथमिकता पाउने छैन । काम गर्ने जोश जागर घट्नेछ । चिन्ताले छाड्ने छैन ।
कर्कटः– नयाँ कामको अवसर आउनेछ । पारिवारिक सहयोग मिल्नेछ । आर्थिक कारोवारबाट समान्य सन्तुष्टि मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुने देखिन्छ ।
सिंहः– घमण्डलाई त्यागेर काम गर्नु होला । अनावस्यक काममा विवाद गरेर कुनै फाइदा हुने छैन । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । विरोधीसँगको लडाईमा विजय प्राप्त हुनेछ ।
कन्याः– काम गर्दा दुविधा उत्पन्न हुनेछ । कहि कतैबाट काममा अवरोध आउन सक्छ सतर्क रहनु होला । बाहिरी कुराले वढि पिरोल्ने छ । समयलाई बुझ्न नसक्दा कार्य विमुख हुुने अवस्था आउन सक्छ ।
तुलाः– घरको बातावरण तपाईको प्रतिकुल बन्न सक्छ । भौतिक सम्पतिको नास हुन सक्नछ । व्यापार व्यवसायमा गिरावट आउनेछ । आलोचना बढ्ने छ । नोकरीबाट भने सन्तुष्टि मिल्नेछ ।
वृश्चिकः– आफ्रनै बाहुबलबाट धेरै कामको टुङ्गो लाग्नेछ । ऋण लगानीमा जोड नदिनु होला । आफन्तसँग आर्थिक कारोवार नगर्नु होला । व्यापार व्यवसायबाट लाभ लिन सकिनेछ ।
धनुः– सम्वाद विहिन अवस्थामा काम गर्दा दुख पाईनेछ । कारोवार गडबढिन सक्छ सतर्क रहनु होल । आफन्त बनेर धोका दिन सक्छन् होशियार रहनु होला । बोलिको प्रभाव कम पर्नेछ ।
मकरः– दैनिक काम काजमा प्रगति राम्रो हुनेछ । परिवारको सहयोगमा काम बन्नेछन् । व्यापार व्यवसायबाट आय आर्जन बढ्ने छ । लेनदेन कारोवारमा चनाखो रहनु होला ।
कुम्भः– प्रतिकुल परिस्थितिमा काम गर्नु पर्ला । गरेका कामबाट पनि उचित प्रतिफल पाईने छैन । व्यर्थको गुमाई फिराई बढि हुनेछ । आर्थिक कारोवारमा खासै प्रगति हुने देखिन्न ।
मिनः– गरेका काम अधिकाँश सफल हुनेछन् । समयमा काम सम्पन्न गर्नु होला । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । पढाई लेखाईमा पनि ध्यान जानेछ । पराक्रम बढ्नेछ ।
