मिती २०७३ साल असार १३ गते सोमबारः हेर्नुहाेस् अाजकाे पञ्चाङ्ग र राशिफल

श्रीसूर्य उत्तरायण ग्रीष्म ऋतु,सौम्यनाम संवत्सर, शाके १९३८, विक्रसम्वत २०७३ साल आषाढ १३ गते सोमबार नेपाल सम्बत ११३६ तछलागा,सन् २०१६ जून २७ तारिक कृष्णपक्ष सप्तमी तिथि विहान १० वजेर ४७ मिनेटसम्म, पूर्वभाद्रा नक्षत्र विहान ७ वजेसम्म, सौभाग्य योग राती ८ वजेर ४२ मिनेटसम्म, बवकरण विहान १० वजेर ४७ मिनेटसम्म, आनन्दादियोग मुशल, सूर्य मिथुन राशीमा, चन्द्रमा मीन राशीमा ।

मेषः– समयमा काम हुने छैनन । फाल्टु काममा समय खर्च हुनेछ । यात्राबाट पनि खासै उपलब्धि हासिल हुने छैन । काम गरेर जश पाईने छैन । व्यापारबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

वृषः– आय आर्जनका दृष्टि आजको दिन पनि राम्रै देखिन्छ । व्यापार व्यवासयबाट आम्दानी बढ्नेछ । घरमा मंगलिक कार्य हुन सक्ने कुरालाई नकार्न सकिन्न । घर परिवारमासुख,शान्ति मिल्ने छ ।

मिथुनः– सरल तरिकाले काम बन्ने छन् । तपाईको भरोसा अरुले पनि गर्ने छन् । गरेका कामबाट नाम र दाम दुवै प्राप्त हुनेछ । काम गर्ने जोश जागर बढ्नेछ । बोलिको प्रभाव पनि बढ्ला ।

कर्कटः– आर्थिक क्षेत्रमा सुधारका संकेत देखिने छन् । आफन्तबाट सहयोग मिल्नेछ । अरुको काममा बढि व्यस्त हुदा आफ्ना काम अधुरा रहने छन् । बोल्यो कि पोल्यो भन्ने जान्नु होला ।

सिंहः– सोचाईको विपरित काम हुने छन् । अनावस्यक काम कुरामा टाउको दुखाउनु पर्ने छ । व्यापार व्यवसायमा मन्दि आउने छ । अहार विहारमा ध्यान दिनु होला नत्र स्वास्थ्य कामजोर हुनेछ ।

कन्याः– वैदेशिक कारोवारमा सफलता मिल्नेछ । कुनै कामको टुङ्गो लगाउनु छ भने समयमा नै लगाउनु होला । ढिला सुस्ति गर्दा आफेैलाई घाटा हुनेछ । व्यापारबाट आय आर्जन बढ्नेछ ।

तुलाः– नोकरी तथा राजनीतिमा अवसर आउन सक्छ । नयाँ कामको वारेमा विचार विमर्श हुनेछ । विारोधीले अवरोध पु¥याउन सक्छन सतर्क भई काम गर्नु होला । आम्दानीका नयाँ स्रोत फेला पर्ने छन् ।

वृश्चिकः– दिन मध्यम खालको छ । मेहनत गरेर काम गर्नु भयो भने सफलता मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य लाभ होला । अरुको भर विश्वासमा परेर काम नगर्नु होला ।

धनुः– घरयासी समस्याबाट पीडित हुनु पर्ला । धन सम्पति चोरी वा हराउन सक्छ सतर्क हुनु होला । आर्थिक कारोवारले टाउको दुखाउनेछ । व्यापार व्यवसायमा खासै प्रगति हुने छैन ।

मकरः– परिवारको सहयोग लिएर काम गर्नु भयो भने बढि उपलब्धि हासिल हुनेछ । उद्योग धन्दा बन्द व्यापारमा प्रगति हुनेछ । साना तिना काम गर्न लाई कुनै कठिनाई हुने छैन ।

कुम्भः– आफन्तबाट नै धोका दिने काम हुन सक्छ होशियार रहनु होला । आर्थिक कारोवार गर्दा बढि चनाखो रहनु होला । हरेक काम गर्दा विचार पु¥याउनु होला साना गल्तिले ठुलो क्षति हुने छ ।

मिनः–समयले साथ दिनेछ, अवसरको पूर्ण सदुपयोग गर्नु होला । मुद्धा मामिलामा विजय प्राप्त हुनेछ । काम गर्ने उत्साहा घट्ने छैन । व्यापार व्यवसायबाट पनि आय आर्जन बढ्ने नै छ ।
ववाद बढ्ला ।