कावासोती, १ भदौ । थारु संग्राहलयमा बोलाएर
एक शिक्षकलाई कुटिएको छ । त्रिभुवन बाल उच्च मावि
ढोकीका अंग्रेजी शिक्षक
नन्दप्रसाद महतोलाई उनकै साथीका बा‘
डेमनारायण महतोले कुरा गर्न छ भनी
संग्राहलय बोलाएर कुटाएका हुन् ।
बन्दले गर्दा विद्यार्थीहरु पढ्न नपाएको
भन्दै प्लेकार्ड बोकेर सडमा उत्रिएपछि
त्यही बिषयमा कुरा गर्दा गर्दै म माथि
हातपात गर्ने काम भयो शिक्षक नन्दप्रसाद महतोले भने
–‘ थारु नै भएर थारुको बन्दमा विद्यार्थीलाई
सडकमा उतार्ने भन्दै थिए , मैले पढ्न पाउने
उनीहरुको अधिकार हो हामीले
भनेर सडकमा ल्याएका हैनौं भन्दा म माथि
एक्कासी मुक्का हान्ने काम भयो ’ ।
थारु कल्याण्कारी सभा लगाएको आब्हानमा बन्द भएको दिन सोमबार
त्रिभुवन बाल उच्च मावि ढोकीका विद्यार्थीहरुले पठनपाठन
शुचारु गर्ने माग राख्दै सडकमा प्रर्दशन गरेका थिए ।
राजकुमार महतो, गणेश महतो, मानसिंह चौधरी र डेमनारायण महतोको
बीचमा बसेर भित्र कोठामा कुरा हुदै गर्दा तथानाम गाली
गरी म माथि प्रहार भयो उनले भने –‘ विद्यार्थी सडकमा
ल्याउने किन गरिस, बहादुर भइस हैन भन्दै थारु कल्याणकारी सभाका
अध्यक्ष गणेश महतो कड्किएपछि मलाई अनुहारमा मुक्का हाने’।
उनीहरुको कुटाइबाट आँखाँ र टाउको चोट लागेको छ । लोकतन्त्रमा पनि
यसरी कुटाइ खानुपर्दा खिन्नता भएको उनले सुनाए ।
थारु समुदायको आन्दोलन अराजकता बन्दै जाँदा यसरी शिक्षक कुटिएका
हुन् । सोमबार दिउसो मलाई कुट्नकै लागि योजना बनाएर उनीहरुले
बोलाएका रैछ । ती सबैलाई कडा कारबाही हुनुपर्छ
शिक्षक महतोले भने –‘एउटा नागरिक विचार राख्न हिडन् पाउदैन भने यो कस्तो
राज्य हो ’ । थारु कल्याणकारी सभाका अध्यक्ष गणेश महतो,
राजकुमार महतो, मानसिंह चौधरी र डेमनारायण महतोलाई
प्रहरीले पक्राउ गरी कारबाही गर्नुपर्छ
उनले भने–‘ उनीहरुलाई कारबाही नगर्दा म असुरक्षित
भए अब कसले सुरक्षा दिने हो’ ।
यसैबीच शिक्षक महतो माथि भएको आक्रमणको बिरोधमा नेपाल
राष्ट्रिय शिक्षक संगठन, नेकपा एमाले नवलपरासी क्षेत्र नं. २ का
अध्यक्ष सूर्य पाण्डेले छुट्टा छुट्दै बिज्ञप्ति जारी गरी
दोषीलाई कानूनी दायरामा ल्याउन स्थानीय
प्रशासन संग माग गरेका छन् । अहिले सम्म आरोपीहरुलाई पक्राउ
नगरेको भन्दै स्थानीयबासीले रोष प्रकट गरेका छन् ।
Follow us o
