बुहारीले बेचिन १ लाखमा सासूआमा
बुहारीले बेचिन १ लाखमा सासूआमा
काठमाण्डु, ३० भदौ – भारतको नयाँदिल्लीस्थित साउदी दूतावासका कर्मचारीद्वारा बन्धक बनाएर बलात्कार गरिएका नेपाली महिलालाई आफ्नै बुहारीले बिक्री गरेको खुलेको छ ।
प्रहरीले मंगलबार एक लाखमा बिक्री गर्ने कल्पना परियारलाई पक्राउ गरेको छ । परियार बलात्कारमा परेकी एक ५० वर्षीय महिलाकी आफ्नै बुहारी हुन् ।
साउदी अरबमा आकर्षक तलबमा हाउसमेडको जागिर लगाइीदने भन्दै परियारले आफ्नै सासूआमा र अर्की एक महिलालाई साउदी दूतावासका कर्मचारीलाई बिक्री गरेकी थिइन् ।
नयाँ पत्रिका दैनिकबाट
