तीन ठूला राजमार्ग चार लेनका बन्दै


काठमाण्डु, ३० भदौ– सवारी चाप बढी हुने मुलुकका तीनवटा ठूला राजमार्गलाई सरकारले चार लेनमा स्तरवृद्धि गर्ने भएको छ ।
सडक विभागमार्फत काँकडभिट्टा–बुटवल, नारायाघाट–काठमाण्डु, र मुग्लिन–पोखरा सडकलाई चार लेनमा स्तरोन्नति गर्ने योजना बनाएको छ । विश्व बैंक, एसियाली विकास बैंक र मिलिनियम च्यालेन्ज को –अपरेसन गरी तीनवटा दाता संस्थाबाट लगानीको आश्वासन पाएपछि सरकारले सडक विभागमार्फत यी सडकको स्तरोन्नति गर्ने योजना बनाएको विभागका महानिर्देशक माधव कार्कीले जानकारी दिए ।
–नयाँ पत्रिकाबाट