प्रहरी चौकीमा सिलिन्डर बम विस्फोट

प्रहरी चौकीमा
सिलिन्डर बम विस्फोट
दाङ ,
३
असोज / पूर्वपश्चिम
राजमार्गमा
पर्ने
लमही
नगरपालिकाको
वडा नं
१
नर्तीमा
रहेको अस्थायी प्रहरी चौकीमा अज्ञात
समूहले गएराति सिलिन्डर बम विस्फोट गराएको छ । वडा प्रहरी
कार्यालय लमहीका प्रमुख लक्ष्मण शाहीले दिएको
जानकारीअनुसार बम विस्फोटबाट कुनै पनि मानवीय क्षति
नभए पनि प्रहरी पोष्ट रहेको घर चर्किएको र
स्थानीयवासी शिवा शर्माको घरमा सामान्य क्षति पुगेको छ ।
सो अस्थायी प्रहरी चौकीमा बसोबास गर्दै
आएका सुरक्षाकर्मीहरु भने हाल वडा प्रहरी कार्यालय
लमहीमा बस्दै आएका छन् । राति करिब १ बजे बम विस्फोटको ठूलो
आवाज सुनिए पनि प्रहरीले आज बिहान अबेरमात्र घटनाको पुष्टि गरेको
छ । स्थानीयवासीले भने आफूहरु रातभरि त्रसित वातावरणमा
बस्नुपरेको बताएका छन् । लमही क्षेत्रमा थरुहट थारुवान सङ्घर्ष
समितिले गत साउन २७ गतेदेखि गरेको बन्द हालसम्म पनि कायम नै रहेको छ ।
यसैबीच बन्दको अवज्ञा गरेको भन्दै लमही गढवा सडक
खण्डको बलरामपुरमा गएराति एउटा अनटेस्ट मोटरसाइकल पनि जलाएका छन् ।
मोटरसाइकलमा आगजनी गरेको खबर पाएलगत्तै पुगेको
प्रहरीले आगो नियन्त्रणमा लिएपछि मोटरसाइकलमा आंशिक क्षति पुगेको
पनि वडा प्रहरी प्रमुख शाहीले जानकारी
दिनुभयो । त्यसैगरी राजमार्गमा गुडिरहेको बसमा आज ढुङ्गा प्रहार
गरेको अभियोगमा दाङमा प्रहरीले दुईजनालाई पक्राउ गरी
नियन्त्रणमा लिएको जनाएको छ । रासस