आईएमईको दशैरतिहार लक्षित बम्पर योजना

आईएमईको दशैरतिहार लक्षित बम्पर योजना
असोज १ । दसै तिहारलाई लक्षित गर्दै आइएमइ रेमिटान्सले नयाँ बम्पर योजना ल्याएको छ । आइएमइ बचत दश लाख नयाँ योजना अनुसार आईएमईमार्फत स्वदेश र विदेशबाट पैसा पठाउने सेवाग्राहीले दश लाख रुपैयाँसम्म पाउने छन् । योजनामा सहभागी हुनेले दैनिक पाँच हजार रुपैयाँ, साप्ताहिक पचास हजार र वम्पर विजेताले १० लाखको मुद्धती खाता खोलिदिने कम्पनीले जनाएको छ । लक्की ड्रमार्फत यो योजनामा सहभागी हुनेलाई पुरस्कृत गरिनेछ । यो योजना असोज १ देखि कात्तिक ३० गतेसम्म लागु हुनेछ । यो योजनामा पैसा पठाउने सेवाग्राही मध्येबाट कारोबार नम्बर र नामका आधारमा सफ्टवेरका माघ्यमबाट बिजेता छानिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार योजनाको बैंकिङ साझेदार ग्लोबल आईएमई बैंक हुनेछ । लक्की ड्र को नतिजा कम्पनीको आधिकारिक वेवसाईट, सामाजिक सन्जाल, एवं विभिन्न संचारका माध्यममार्फत् सार्वजनिक गरिने कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । कम्पनीका ७५ जिल्लाका ३ हजार ७ सय भन्दा बढी शाखा÷सव–एजेन्ट र बैंक तथा वित्तिय संस्थाका शाखामार्फत् सेवा दिँदै आएको